तीज पर्व राजनीतिक र सामाजिक व्यवस्थामा परिवर्तन ल्याउन सङ्गठित हुने मौका

तीज पर्व राजनीतिक र सामाजिक व्यवस्थामा परिवर्तन ल्याउन सङ्गठित हुने मौका

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घद्वारा बुधबार राजधानीमा आयोजित ‘तीज विशेष कार्यक्रम’को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पञ्चायतकालमा सभा, सम्मेलन गर्न नपाइने अवस्थाले तीज पर्वमा कार्यक्रम गरी राजनीतिक र सामाजिक व्यवस्थामा परिवर्तन ल्याउन सङ्गठित हुने मौकाका रूपमा मनाइएको स्मरण गर्नुभयो।

महासङ्घका महिला विभाग प्रमुख प्रमोदा राईले विभिन्न कार्यालयमा विभिन्न जिम्मेवारी सम्हालेर बसेका महिला दिदी–बहिनी भेला भएर तीज पर्वको अवसरमा एक–आपसमा शुभकामना दिन तीज विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।