(एमाले) को केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा प्रस्तुत

(एमाले) को केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा प्रस्तुत

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, भदौ ९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बिहीबारको पोेलिट्ब्युरो बैठकले भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा तय गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आज च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकको पहिलो एजेण्डाको रुपमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, सत्ता गठबन्धनको गतिविधि र यसले राष्ट्रिय स्वाधीनताको मुद्दा, लोकतन्त्र, मुद्रास्फीतिलगायत सबै परिस्थितिमा पारेको असरसहित भोलि प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो ।

यससँगै आगामी चुनावको तयारी र गएको स्थानीय तहको निर्वाचनको समीक्षा पनि बैठकमा गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पोलिट्ब्युरोको दोस्रो बैठक आज ११ बजे सुरु भएर सम्पन्न भयो । बैठकमा धाँधलीका कारण चुनाव हार्नुपरेको, सङ्ख्याको आधारले दोस्रो रुपमा आएको तर लोकप्रियताको हिसाबले पहिलो पार्टी भएका छौं ।”

यसअघि स्थायी कमिटी बैठकले मनोनीत गरेका चार जना केन्द्रीय सदस्यलाई शपथ गराएर बैठकमा सहभागी गराउने, पार्टी सचिवालयले गरेका निर्णयहरु अनुमोदन गर्ने, निर्वाचनमा उम्मेदवार छनाेटको प्रक्रिया र मापदण्ड पारित गर्ने, स्थानीय तहको निर्वाचनको सम्बन्धमा प्राप्त उजुरीहरुको छानबिन गर्ने एवम् उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलबाट केन्द्रीय कमिटी बैठकमा आवश्यक जानकारी लिने उल्लेख गर्नुभयो ।

एमालेको आठ लाख ५५ हजार ४५३ सङ्गठित सदस्यमध्ये झण्डै ५२ हजार ५५० जनाको नाम दोहोरिएको सम्बन्धमा विशेष निर्णय गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी, एमालेको आठ लाख ५५ हजार ४५३ सङ्गठित सदस्यमध्ये झण्डै ५२ हजार ५५० जनाको नाम दोहोरिएको सम्बन्धमा विशेष निर्णय गर्ने बैठकले निर्णय गरेको छ । केन्द्रीय लेखा, अनुशासन, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदन प्रस्तुत गर्ने, मनोनीत सदस्यहरुको कार्यविभाजन एवम् समसामयिक राजनीतिक प्रतिवेदन पारित गर्ने एजेण्डा तय गरिएको उहाँले बताउनुभयो ।

राजनीतिक प्रतिवेदनमाथि आज खिमलाल भट्टराई, लीलाबहादुर थापा, रामदयाल मण्डल, नीरु पाल, शान्ता चौधरी, कर्ण थापा, जीतु गौतम, मञ्जु चौधरी, काशीनाथ अधिकारी, अग्नि खरेल, खगराज अधिकारी, कृष्णकुमार राईलगायत १५ जना पोलिट्ब्युरो सदस्यले सुझावसहितको धारणा राख्नुभयो ।

मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्धता, आन्दोलनमा दिएको योगदान, पार्टीप्रतिको निष्ठा, लोकप्रियता र विजयीको सुनिश्चित्ता, संविधान र समावेशिताको सिद्धान्त उम्मेदवार चयनका मुख्य मापदण्डहरु रहने उहाँको भनाइ छ ।