विनय रावल राप्रपा प्रवेशसँगै बर्दियामा जाग्यो राप्रपा, भदौ २० गते आमसभा आयोजना

विनय रावल राप्रपा प्रवेशसँगै बर्दियामा जाग्यो राप्रपा, भदौ २० गते आमसभा आयोजना

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपाले बर्दियामा यही भदौ २० गते बृहत्त आमसभाको आयोजना गर्ने भएको छ ।

युवा नेता विनय रावल कांग्रेस परित्याग गरी राप्रपा प्रवेशसँगै अहिले बर्दियामा राप्रपाको पक्षमा माहोल तातेको छ ।

विकासप्रेमी युवा नेता रावल लामो समयदेखि बेटर एण्ड ब्राइट बर्दियाको अभियानमा व्यस्त छन् ।

भीजनरी नेताको पहिचान बनाएका रावलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया–२ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

रावलले भदौ २० गते हुने बर्दियाको आमसभामा अध्यक्ष राजेन्द्र लिङदेन, प्रवक्ता ज्ञानेन्द्र शाही, पूर्व गभर्नर डा. तिलक रावल, नेतृ रेखा थापालगायतको उपस्थिति हुने जनाए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेशको कार्यक्रम समेत राखिएको उनले जनाए ।

रावलले उक्त आमसभामा सहभागिताको लागि आम जनसमूदायमा अपिलसमेत गरेका छन् ।