प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल। प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)को उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण गरिएको सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्नुभएको हो ।

बुटवल–१० रामनगरमा करिब आठ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो । विसं. २०७१ साल पुसबाट निर्माण शुरु गरिएको सम्मेलन केन्द्र उद्घाटनपछि बुटवलमा अन्तर्राष्ट्रियस्तरका सभा सम्मेलन गर्न सहज हुने भएको छ ।

सभाहल तथा प्रदर्शनी केन्द्र सङ्घीय सहरी विकास मन्त्रालयको एक अर्ब ११ करोड लागतमा निर्माण गरिएको हो । नेपालको झण्डा आकारमा तयार पारिएको सभा हल तत्कालै प्रयोगमा ल्याइने भएको छ ।

सो हलमा ८७२ वटा कुर्सी जडान गरिएको छ भने सभाहलसहित छवटा बैठक हल र दुईवटा बहुउद्देश्यीय हल भवन तयार भएको छ । त्यस्तै, सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ ।

बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले सभाहल तयार भइसकेको बताउनुभयो ।

आयोजना प्रमुख पन्थीका अनुसार सभाहलमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ । त्यस्तै, लिफ्टको सुविधासहित अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्नेगरी भौतिक संरचना तयार पारिएको छ । सम्मेलन केन्द्र करिब साढे नौ बिघा क्षेत्रफलमा बनेको छ ।