मन्त्रालयले अब विद्युतीय सवारी मात्र खरिद गर्नुपर्छ: ऊर्जामन्त्री भुसाल

मन्त्रालयले अब विद्युतीय सवारी मात्र खरिद गर्नुपर्छ: ऊर्जामन्त्री भुसाल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधनमात्र खरिद गर्नुपर्ने बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भुसालले विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयले विद्युतीय गाडीमात्र खरिद गर्नुपर्ने धारणा राखिन् ।

मन्त्री भुसालले प्राधिकरणले विद्युतीय चुल्हाेको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढङ्गबाट अघि बढाउनुपर्ने बताइन् ।

उनले विद्युत खपत बढाउन विद्युतीय सवारीसाधन खरिद गर्ने साथै चार्जिङ स्टेसन बनाउँदै विद्युतीय पूर्वाधारहरुको विस्तारलाई तीब्ररुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको भनाइ राखिन् ।

उनले भनिन्, ‘’विदेशी ग्यास छोडौं स्वदेशी विद्युत जोडाैं’ भन्ने नाराका साथ विद्युतीय चुह्लोको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढङ्गबाट अघि बढाउनुपर्नेछ। यसका लागि धेरै विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महसुलमा छुट दिने निर्णय भएको छ ।’

उनले अगाडि भनिन्, ‘प्राधिकरणले सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेसन बनाउँदै विद्युतीय पूर्वाधारको विस्तारलाई तीव्र अगाडि बढाउनुपर्छ । ऊर्जा मन्त्रालयमा पनि यही कुरा लागू गरेका छौं । अब खरिद गरिने सवारी साधन विद्युतीय मात्रै हुनु पर्नेछ। विद्युत खपत बढाउनको लागि वर्षा आम र गर्मी समयको फरकफरक विद्युत महसुल निर्धारण गरिएको छ ।’

-गाेरखापत्र