राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध विद्यार्थीको संयुक्त प्रदर्शन

राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध विद्यार्थीको संयुक्त प्रदर्शन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दल निकट विद्यार्थी संगठनहरूले काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन गरेका छन् ।

राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार नागरिकता विधेयक प्रमाणित नगरी गैरसंवैधानिक कदम चालेको भन्दै सत्तारुढ दलनिकट विद्यार्थीहरुले राजधानीको माईतिघर मण्डलामा विरोध जनाएका हुन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु निकट विद्यार्थीहरु नागरिकता विद्येयक पारित नगरेको भन्दै राष्ट्रपतिको चर्काे विरोधमा उत्रिएका छन् ।

उनीहरूले नागरिकताविहीन भएकाहरूलाई नागरिकता प्रमाण पत्र दिन सरकारले विधेयक ल्याए पनि राष्ट्रपतिबाट रोक्ने काम हुँदा नागरिकताविहीन हुनेहरूका समस्या दिनप्रतिदिन झन् बढ्दै गइरहेको बताएका छन् ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक गत मंगरबार राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा सत्ता गठबन्धनले पनि बुधबार वक्तव्य निकाल्दै राष्ट्रपतिबाट गैरसंवैधानिक कार्य भएको बताएको थियो।