प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, असोज ६ गते। खाँदबारी नगर कार्यपालिका, संखुवासभाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा निरौलासहित तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सव–इन्जिनियर मनोज कुमार चापागाईले आर्थिक वर्ष २०७४÷०७५ मा खाँदबारी नगरपालिका वडा नम्बर ६ स्थित महानन्द चोक हिगुवा हुँदै थलेडाँडा सडक मर्मत कार्यमा परिणामभन्दा बढी परिमाण देखाएको आरोप लागेको छ।

झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी सरकारलाई हानी पु¥याउने उद्देश्यले निर्धारित सर्त र मापदण्ड विपरीतको निर्माण कार्यका निमित्त उपभोक्ता समितिलाई तीन लाख ७४ हजार १२७ रुपियाँ नोक्सान पु¥याएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो।

यसैगरी, आयोगले उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपालबहादुर थापा मगर र कोषाध्यक्ष मेनुका तामाङ्गले सडक मर्मत कार्यमा वास्तविकभन्दा बढी कार्य गरेको भनी सम्झौता गरेको स्वीकार गरेको शर्त उल्लंघन गरी सरकारी रकमबाट लाभ लिन खोजेको आरोप लागेको जनाएको छ।

आरोपितहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर भएको हो।