दुई महिना अघि नै लामखुट्टे नियन्त्रण अभियान नचलाउँदा यो अवस्था आयोः डा. शेरबहादुर पुन

दुई महिना अघि नै लामखुट्टे नियन्त्रण अभियान नचलाउँदा यो अवस्था आयोः डा. शेरबहादुर पुन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु नियन्त्रणमा निराशा देखिएको बताए । स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडीदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने टिप्पणी गरे । एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यत्ति बेला देखिनै घर–घरमा डेंगी पुगेको महशुश गर्न थालेको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा. पुनले भने,“अस्पतालमा डेंगीबाट बिरामी हरेक दिन नढलेको दिनै छैन,मेरो रुम इमर्रजेन्सीनजिकै छ, कोभिडको दोस्रो महामारीमा कोभिडका बिरामी जसरी ढल्ने गर्थे त्यही सम्झना आइरहन्छ । जुन साह्रै पीडादायी थियो । लाइनमै बस्न नसकेर मानिसहरु ढल्ने गरेका छन् ।”

डा.पुनले आफूले एक दिनमा ७०-८० जनासम्म डेंगीका बिरामी जाँच्ने गरेको सुनाए । पछिल्लो समय व्यवसायीहरुले वरिपरि लामखुट्टे धपाएर बस्ने कि कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको बताए ।

नेपालले कोभिड महामारीबाट पनि पाठ नसिकेकोले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठुलो समस्या ननिम्ताउला भन्न नसकिने उनको भनाइ थियो । उनले डेंगीको प्रकोप आम मानिसको लुकेको पीडा भएको बताए ।

“आफूले काम गर्ने स्थल, विद्यालय, कार्यालय, जहाँ धेरै मानिसहरुको आवातजावत हुन्छ त्यस्तो ठाउँमा लामखुट्टे उत्पादन भइसकेको छ त्यस्ता ठाउँमा एक÷दुई दिन रोकेर भएपनि लामखुट्टे नष्ट गर्न सकियो भने ति लामखुट्टे संक्रमित रहेछन् भनेपनि टोक्न पाउँदैनन्”, सबैभन्दा पहिला आफू काम गर्ने वा बस्ने स्थानमा लामखुट्टे खोजेर नष्ट गर्नुपर्नेमा जोड दिँदै उनले भने, “बाहिर–बाहिर खोज्ने र घरभित्र आए टोक्ने गरे थप संक्रमित हुने सम्भावना देख्छु ।”

सिकिस्त भएका बिरामी मात्रै अस्पताल पुग्ने र लक्षण देखिएका बिरामी घरमै बस्ने गरेको उल्लेख गर्दै उनले बिरामीको संख्या धेरै हुनसक्ने बताए । काठमाडौंका हरेक अस्पताले डेंगु बिरामीको उपचार सामान्य बेड नपुगेर थप बेड राखेर गरिरहेको सुनाए ।