नक्शालमा बीवाइडीको सुविधासम्पन्न शोरुम सञ्चालनमा आयो, एटो–३ बिक्री गरिने

नक्शालमा बीवाइडीको सुविधासम्पन्न शोरुम सञ्चालनमा आयो, एटो–३ बिक्री गरिने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स नेपालले काठमाडौंको नक्शालमा बीवाइडीको सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको आज (सोमबार) बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र बैंकर अनिलकेशरी शाहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। आचार्य बीवाइडी नेपालका ब्राण्ड एम्बेस्डर पनि हुन् । आजबाट सञ्चालनमा आएको उक्त शोरुमबाट भर्खरै सार्वजनिक भएको एटो–३ को विक्रि हुनेछ ।

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सबैको माया र विश्वासको कारण आफूहरुले नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएको उल्लेख गरिन् । उनले सो क्रममा भनिन्–‘हामीले केही दिन अघिमात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं ।’

बीवाइडी एटो–३ को नेपाली बजार मूल्य ८९.९ लाख रुपैयाँ छ। बिक्रेता कम्पनी साइमेक्सले हाललाई नेपाली बजारमा ठूलो क्षमताको ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एटो(३ उपलब्ध हुने जनाएको छ। यसमा रहेको ब्याट्रीले एकपटकको फुल चार्जमा ४२० किलोमिटर दूरीसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यो गाडीमा फास्ट चार्जिङको सुविधा पनि उपलब्ध छ। यसलाई फास्ट चार्जरबाट चार्ज गर्न ८० किलोवाटको फास्ट चार्जर आवश्यक पर्दछ, जसले ४५ मिनेटमै फुल चार्ज गर्ने दाबी गरिएको छ।