बलु पाण्डे मंगल सेवा समाज नेपालको दशौं साधारण सभा तथा चौथौ अधिवेशन सम्पन्न

बलु पाण्डे मंगल सेवा समाज नेपालको दशौं साधारण सभा तथा चौथौ अधिवेशन सम्पन्न

साझा पेज
13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । बलु पाण्डे मंगल सेवा समाज नेपालको दशौं साधारण सभा तथा चौथौ अधिवेशन भव्य र सभ्यताका साथ शनिबार अतिथि पार्टी प्यालेस  चितवनमा  सम्पन्न भएको छ।
उक्त कार्यक्रमको अध्यक्षयता  संस्थाका अध्यक्ष श्री नविन कुमार रानाले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका  उप-मेयर चित्र सेन अधिकारी रहनुभएको भियो। त्यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथि वडा नं १५ का वडा प्रमुख श्रीकृष्ण देवकोटा तथा वडा नं १६ कि वडा सदस्य दुर्गा सोडारी रेग्मी रहनु भएको थियो।  कार्यक्रममा प्रमुख अतिथिले संस्थाले विभिन्न क्षेत्रमा राम्रो काम गर्दै आएको तथा आफ्नो गाउंको मात्र नभई सिङ्गो महानगरपालिकाको नै ईज्जत राख्ने काम गरेको र संस्था  बाहिरबाट हेर्दा सुन्दा जस्तो पाण्डे परिवारको मात्र नभई विशुद्ध सामाजिक संस्था रहेको पाएको बताउनुभयो।
कार्यक्रम संचालन संस्थाका सचिव  रश्मी कोईरालाले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्षले भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने वार्षिक प्रतिवेदन प्रस्तुत  सचिव रश्मी कोईरालाले  गर्नुभएको थियो भने आथिर्क प्रतिवेदन र भावी वजेट विनियोजन प्रतिवेदन कोषाध्यक्ष तोरण दत्त सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा समाजसेवी महादेव शर्मा, देवि आचार्य लगायतले 16 नम्बर वडाको एक मात्र पुरानो र समाजिक सेवा गर्दै आएको संस्था आगामी दिनमा अझ प्रभावकारी काम गर्दै जाहोस र विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्न सुझाव पनि दिनुभयो साथै अधिवेशन पनि भएको हुनाले नयाँ बन्ने समितिलाई अग्रिम बधाई तथा शुभकामना दिनु भयो।
संस्थाको चौथो अधिवेशनबाट  २०७९-०८२  कार्यकालको लागि अध्यक्ष नविन कुमार राना मगर , उपाध्यक्षमा विना क्षेत्री, सचिवमा रश्मि कोइराला, कोषाध्यक्षमा तोरण दत्त सुबेदी, सह-सचिवमा दुर्गा जि सी तथा सदस्यहरू अमृता पण्डित, विष्णु पाण्डे, राजेश चले,चन्दा राई पाण्डे, विष्णु भटृ र दिपक थापा निर्विरोध निर्वाचित हुनु भयो।त्यसै गरी लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा गगन प्रकाश वरम, सदस्यमा पुनम पोखरेल र सविता पाण्डे निर्विरोध हुनु भयो‌। निर्वाचितहरुलाई निर्वाचन समिति संयोजक श्री लाल प्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियो।