‘आगामी पाँच वर्षको अवसरलाई म किमार्थ खेर जान दिने छैन्’: प्रदीप पौडेल

‘आगामी पाँच वर्षको अवसरलाई म किमार्थ खेर जान दिने छैन्’: प्रदीप पौडेल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । आगामी मंसिरमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट काठमाडौं–५ का उम्मेदवार युवा नेता प्रदीप पौडेलले आगामी पाँच वर्षको अवसरलाई खेर जान नदिने बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धनको तर्फबाट उम्मेदवार पौडेलले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्दै नेतृत्वले चाहाने हो भने हरेक समस्याको समाधान संभव रहेको बताए ।

यस्तो छ नेता पौडेलले गरेको चुनावी अपिल

आदरणिय मतदाता
नमस्कार,
जय नेपाल !
म प्रदीप पौडेल

काठमाडौं क्षेत्र नं ५ को प्रतिनिधी सभा सदस्य उम्मेदवार

मेरो राजनीतिक यात्रामा काठमाडौं क्षेत्र नं ५ ले मलाइ यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकास सहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रधान गरेको छ । काठमाडौलाई विकास मात्र होइन व्यवस्थित विकास आवस्यक छ । पर्यावरणीयमैत्री राजधानी हामी सबिको चाहना हो । यसैगरी राजनीतक निष्ठा र इमान्दारिता माथि उठेका प्रश्न र राजनीति प्रति घट्दै गएको विश्वाशले आम निरासा छाएको छ । त्यस कारण मेरो संकल्प छ –म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु ।

आदरणिय आमाबुवा हजुरआमा हजुरबुवा
तपाईंले काखमा खेलाएर, काधमा चढाएर हुर्काउनु भएका तपाईंहरूका छोरा छोरी, नाति नतिनाले सम्भावनाको खोजीमा विदेशीनु परेको म महसुस गर्न सक्छु । मेरो आफ्नै दाई पनि विदेशिनु भएको छ । तपाईं हाम्रो परिवारको एउटा सदस्य आफू जन्मे हुर्केको, ठाउँ छोडेर अपरिचित भूमिमा जीवन खोज्न जाँदा कति पिडा हुन्छ, म महसुस गर्न सक्छु । हामीले यो पीडाको अन्य खोज्नु छ ।

आदरणिय युवा साथीहरु
मलाई थाहा छ तपाईहरु परिवर्तन खोजी रहनुभएको छ । जीवन उपयोगी शिक्षा र व्यवस्थित जीवन धान्न सक्ने कष्ह मष्नष्त स्यालरी सहितको रोजगारी खोजिरहनु भएको छ । म क्याफेमा बसेर चिया कफी पिउँदै गर्दा तपाईहरुको सम्वाद सुनेको छु । तपाईंको बोली चलीमा दचयतजभच शब्दलाई ब्रो मात्रै भन्दै गरेको सुन्दा म सोच्छु – ब्रो मात्रै ले भाव बुझिन्छ भने त्ज्भ्च् किन जोडिरहनु । त्ज्भ्च् भन्दै गर्दा अलिक बढी समय लाग्छ भने किन त्यति लामो शब्द प्रयोग गरिरहनु । यस बाट मैले के सिकेको छु भने – आजको पुस्ता फास्ट एण्ड फर्वाड छ ।
ऊ हरेक काम चाँडो होस्, स्पीडमा होस्, अनावस्यक झन्झट बेर्होनु नपरोस भन्ने चाहन्छ । हामी जस्ता राजनीतिक दलले अब भाषण मात्र होइन, देखिने, सुनिने र बुझिने गरी परीणाम मुखी काम गर्न जरुरी छ ।

त्यसैले, युवा साथीहरु हामी तपाईंले खोजेको स्पीडमा काम गर्न तपाईंको साथ सहयोग र योजना चाहन्छौं ।

आदरणिय पेशाकर्मी साथीहरु –
काम गर्न अफिस जाँदै गर्दा होस् या काम सकेर घर फर्किंदा– भिडमभीड माइक्रो र बसमा खादिएर, उकुसमुुकुस भएर, ठिटलाग्दो लामो जाममा हिड्नु पर्दाको पिडा मलाई थाहा छ ।

बाईक, ट्याक्सी होस् वा कारमा हुँदा आफ्नो सिर उठाएर, लामो घाँटी तन्काएर पर सम्म जामको दूरी मैले पनि नापेको छु ।
हाम्रा सामु धेरै चुनैति छन् । जो आजको भोली नै सम्भव हुने विषय होईनन् । तर निरन्तर प्रयत्न गर्ने हो भने यो असम्भव पनि छैन । यसका लागी नीति सगैं नेतृत्व जरुरी छ ।

म राजनीति नै गर्छु , परीवर्तन सहितको राजनीतिक संस्कार र संस्कृतिको स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएका हु । मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यावसाय फस्टाउँछ भनेर मैले राजनीतिमा हामी फालेको होईन । राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हु । मेरो मूल मन्त्र यति हो ।

क्षेत्र नं ५ का मतदाताहरुले खोजेको बेला भेटिने छोरो, भाई, दाई, साथी र जनप्रतिनिधिको रुपमा प्रदीप तपाईहरु माझ सङ्गै उभिने छ । नेतृत्वले चाहाने हो भने के के संभव छ भन्ने कुरा म स्थापित गर्न चाहन्छु । आगामी पाँच वर्षको यो अवसरलाई म किमार्थ खेर जान दिने छैन ।
संभव भए सम्म यहाँहरु सम्पूर्ण सङ्ग प्रतक्ष्य भेटघाट गरेर नै म आफ्ना एजेण्डा प्रस्तुत गर्नेछु । समयको सीमितताका कारण यहाँहरु सबै माझ आईपुग्न संभव नभएमा प्रविधिको माध्यम बाट जोडिने छु । मलाई विश्वास छ तपाईंहरूले समयको चाँपलाई बुझिदिनु हुनेछ ।
धन्यवाद ।
जय नेपाल !