धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा बिभिन्न पार्टीका नेता जनमत पार्टीमा प्रवेश गर्दै

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा बिभिन्न पार्टीका नेता जनमत पार्टीमा प्रवेश गर्दै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३ कात्तिक । बिभिन्न पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गर्ने भएका छन् । निर्वाचनको समय नजिकिदै गर्दा जनमत पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो ।

कार्तिक ४ गते धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बैरिया बजारमा दिनको दुई बजे जनमत पार्टीले बृहत पार्टी प्रवेश कार्यक्रम गर्न लागेको छ ।

भोलि नै धनौजी गाउँपालिकाको बहुअर्वा बजारमा बिहान ९ बजे पार्टि प्रवेश कार्यक्रमको आयोजना गर्न लागिएको जनमत पार्टीको धनुषा ३(क)को प्रदेशसभा सदस्यको उम्मेदवार डा.प्रसन्नकुमार झाले जानकारी दिएका छन । दूईटै पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका केद्रिय अध्यक्ष डा.सिके राउत रहने डा.झाले जानकारी दिए ।

उक्त पार्टी प्रवेश कार्यक्रममा धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार रामबाबु साह र धनुषा ३ को प्रतिनिधिसभाका उम्मेदवार शम्भुनाथ साहको उपस्थिति रहने बताइएको छ । अहिले डा.झा क्षेत्र नं ३(क)को बिभिन्न पालिकाका विभिन्न टोलहरुमा मतदाताहरुसँग मत माग्नका लागि घरदैलो गरिरहेका छन् ।