फुटबलको दुवै स्वर्ण एपीएफको पोल्टामा

फुटबलको दुवै स्वर्ण एपीएफको पोल्टामा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको फुटबलको दुवै स्वर्णमा विभागीय टोली एपीएफ क्लबले कब्जा जमाएको छ । एपीएफले पुरुष र महिला दुवै तर्फ स्वर्ण आफ्नो पोल्टामा पारेको हो ।

पोखरा रङ्गशालामा बिहीबार साँझ भएको पुरुषको फाइनल खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६–५ गोलले हरायो ।

प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय र थप समयको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको निर्णय टाईब्रेकरबाट गरिएको हो । फुटबल खेलको समाप्तिसँगै पोखरा रङ्गशालामा नवौं राष्ट्रिय खेलकुदको औपचारिक समापन समारोह सुरु भएको छ ।

यसैगरी महिला फुटबलको स्वर्ण पनि विभागीय टोली एपीएफ क्लबले नै जितेको छ । स्याङ्जाको वालिङ खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–१ गोलले हरायो ।

एपीएफको जितमा दुवै गोल सावित्रा भण्डारीले गर्नुभयो । पुलिसकी निरु थापाले सान्त्वना गोल फर्काउनुभयो । १०औँ मिनेटमा खाता खोल्नुभएकी सावित्राले ५२औँ मिनेटमा दोस्रो गोल थप्नुभएको थियो ।

पुलिसकी निरु थापाले ७६औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभएको हो । महिला फुटबलमा कांस्य भने त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले प्रदेश–१ लाई ७–० गोलले हराउँदै कांस्य जितेको हो ।