पुष्प मेला सुरु (फोटो फिचर)


ललितपुर। तिहारलाई लक्षित गरेर १५औँ गोदावरी पुष्प मेला ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको मेला कात्तिक ६ गतेसम्म चल्ने प्रदर्शनीको कार्यक्रम संयोजक डिबी तामाङ्ले जानकारी दिनुभयाे ।

फ्लोरिकल्चर एशोसिएसन, नेपालले आयोजना गरेको उक्त मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक चार गरेर ५५ वटा प्रदर्शनी कक्ष छन् । प्रदर्शनीमा आकर्षक गमलादेखि विभिन्न प्रकारका फूल तथा औजार बिक्रीमा राखिएको छ ।

तस्बिर:केशब गुरुङ

प्रतिक्रिया दिनुहोस