खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बिहीबार साँझ पोखरा रंगशालामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको आर्थिक अवस्था सुधार गर्दै खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ। विश्वमा खेलकुद राष्ट्रको सान, मान र इज्जत राख्ने भन्दै उहाँले खेलाडीको बीमा मासिक वृत्ति र स्वास्थ्य उपचारको व्यवस्था सरकारले गर्दै आएको उल्लेख गर्नुभयो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको संख्याको आधारमा ऐतिहासिक प्रतियोगिता भएको उहाँको विश्वास छ। उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भएका खेलकुद संरचनाको उचित संरक्षण हुनुपर्नेमासमेत जोड दिनुभएको छ।