नेपालका पियुषबहादुर न्यौपाने फिफा डिप्लोमा कोर्षमा छनोट

नेपालका पियुषबहादुर न्यौपाने फिफा डिप्लोमा कोर्षमा छनोट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, कात्तिक १५ गते । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली रिपोर्टिङ इलाम एफसी डेमेचीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पियुषबहादुर न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सञ्चालन गरेको क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्षमा छनोट हुनुभएको छ ।

विश्वभरबाट ४० जना मात्र सहभागी हुने यस कोर्षमा विश्व फुटबलमा नाम चलेका जुआन माटा, जोन टेरी, टिम काहिल, फर्नान्डिन्हो, कार्ली लोयड, लगायत खेलाडी पनि सहभागी छन् । फिफाले सहभागीमाझ एक आपसमा अनुभव आदानप्रदानसँगै फुटबलमा सन्तुलित वातावरण निर्माण गर्न यस कोर्षले सहयोग पुर्‍याउने विश्वास राखेको छ ।

यस कोर्षमा नेतृत्व र व्यवस्थापनसँगै खेल रणनीति, युथ एकेडेमी लगायत विषयमा अध्यापन गराइने उल्लेख गरिएको छ । १६ महिना चल्ने यस कोर्ष पूरा गर्न सहभागीले सात राष्ट्रको यात्रा गर्नेछन् । अमेरिकाको न्यूयोर्कमा पहिलो मोड्युल समाप्त भइसकेको छ ।

अब कोर्षको अर्को मोड्युल कतारमा र त्यसपछि जापान, ब्राजिल, इजिप्ट र स्पेनमा हुनेछ । कोर्षकोसमापन भनेस्विटजरल्यान्डस्थित फिफा मुख्यालयमा हुनेछ । विश्वभरका क्लब अफिसियल मध्यबाट आवेदनमार्फत विभिन्न चरणकोछनोटपछि अन्तिम ४० जनाको नाम कोर्षमा छानिएको हो । झन्डै चार सय जनाको आवेदन र तीन महिनाको छनोट प्रक्रिया पार गरेर

नेपालको प्रतिनिधित्व गर्न पाउँदा न्यौपानेले खुसी व्यक्त गर्नुभयो । ‘फिफाको प्रतिष्ठित कोर्षमा अवसर पाउनु खुसीको विषय हो । विश्व फुटबलका ठूला नामसँग अध्ययन गर्दाको अनुभव सङाल्न आतुर छु । त्यहाँ पढे लेखेको कुरालाई नेपाली फुटबलमा प्रयोग गर्नेछु,’ न्यौपानेले भन्नुभयो ।

फिफा क्लब म्यानेजमेन्ट डिप्लोमा कोर्षको यो दोस्रो संस्करण हो । यसअघि पहिलो संस्करणमा फाबियो कानाभारो, नुनो गोमेस, कार्लोस बोकानेग्रा, फिलिपे सेन्डेरस लगायत ४० जनाले कोर्ष पूरा गरेका थिए ।

न्यौपाने अफिसिअल लिभरपुल सपोर्टर्स क्लब नेपालका (ओएसएलसी) संस्थापक पनि हुनुहुन्छ । नेपालमा सन् २००७ मा ओएसएलसीको स्थापना भएको थियो ।