एमालेकै नेतृत्वमा सरकार बनाउने केपी ओलीको घोषणा

एमालेकै नेतृत्वमा सरकार बनाउने केपी ओलीको घोषणा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गरे । उनले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाएपनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गरे । क्षेत्र नंं ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं। ५ को वसन्त चोकदेखि सुरु भएको विजयी ¥यालीमा सहभागी हुँदै उनी सिमावर्ती गौरीगञ्ज सम्म पुगेका हुन् ।