सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफको अपराजित यात्रा कायमै

सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफको अपराजित यात्रा कायमै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभागिय टोली नेपाल एपीएफ क्लबले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २३ रनले हराएको हो ।एपीएफले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पुलिसले १९.१ ओभरमा अलआउट हुदै १ सय १५ रन बनायो ।

पुलिसका लागि अमित श्रेष्ठले ४४ बलमा ३९ रन बनाए । दिलिप नाथले १९ रन जोड्दा शंकर रानाले १७ रन जोड्दा रशिद खानले १५ रन बनाए ।एपीएफका लागि भुवन कार्कीले ४ तथा विपिन खत्रीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा अलआउट हुदै १ सय ३९ रन बनाएको थियो । एपीएफका लोकेश बमले ४३ बलमा ५१ रन बनाए ।लोकेशले ३ चौका र ३ छक्का प्रहार गरे । सुन्दीप जोराले २३ तथा आयुष्मान बम र कमल सिंह ऐरीले समान १०/१० रन बनाए ।

पुलिसका लागि रशिद खान र दिपेन्द्र रावतले समान ३/३ तथा रुपेश सिंहले २ विकेट लिए ।लगातार तेस्रो जित हात पारेको एपीएफ ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।तीन खेलमा दोस्रो हार व्यहारेको पुलिस भने चौथो स्थानमा रहेको छ ।