विश्वकपमा कतारलाई हराउँदै सेनेगलको पहिलो जित

विश्वकपमा कतारलाई हराउँदै सेनेगलको पहिलो जित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित निकालेको छ ।

अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा कतारलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो ।
सेनेगल जारी विश्वकपमा जित निकाल्ने पहिलो अफ्रिकन राष्ट्र हो ।

खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाए ।

खेलको ७८ औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई २-१ को स्थितिमा ल्याए ।मुन्तारीको गोल विश्वकपमा कतारको यो पहिलो ऐतिहासिक गोल हो ।

त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए ।
जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

कतारको यो लगातार दोस्रो हार हो । कतार अंक विहीन रहदै पुछारमा रहेको छ ।
कतार प्रतियोगिताको समूह चरणबाट बाहिरिने संघारमा रहेको छ ।शुक्रबार हुने खेलमा इक्वेडरविरुद्ध नेदरल्यान्ड्सले हार नव्यहोरेमा कतार प्रतियोगिताबाट बाहिरिने छ ।