केयुद्धारा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन

केयुद्धारा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।राष्ट्रिय सहकारी महासंघ र काठमाडाैं विश्वविद्यालयबिच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा सम्झौता भएको छ । २०७९ पुस १ बाट शुरु हुन लागेको सहकारी व्यवस्थापन सम्बन्धी डिप्लोमा कोर्ष काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन गरिनेछ ।

शुक्रबार महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा देवी विडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाई अध्यापन शास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष संचालन गर्ने छ ।

महासंघका महाप्रबन्धक सुब्बाले सहकारी संघ/संस्थाहरुमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी अब्बल रुपमा संचालन गर्नका लागि यो कोर्ष कोशेढुङ्गा सावित हुने दावी गरिन् । नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको बताउदै महाप्रबन्धक सुब्बाले यस अघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने वाध्यता अव अन्त्य भएको बताइन् ।

तीन महिने कोर्ष पुरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सट्टिफिकेट हुने भएकाले यसमा आकर्षण बढेको छ । पहिलो पल्ट सिमित सिटमा कोर्ष पाइलटिङका रुपमा संचालन गर्न लागिएको सो कोर्षको पहिलो ब्याजका लागि आवेदन दिनेको संख्या उत्साहप्रद भएको भन्दै महासंघका महाप्रबन्धक सुब्बाले खुसी व्यक्त गरेकी छिन् ।

सो कार्यक्रकममा वोल्दै डिन वेडारीले महासंघसँग मिलेर सहकारी व्यवस्थापन सम्वन्धी दक्ष जनशक्ति निर्माण गर्ने कोर्ष संचालन गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे । विश्वविद्यालयले यस्तो सम्झौता गरेर कोर्ष संचालन गरेको यो पहिलो पटक भएको बताए ।

केयुका उद्यमशिलता तथा मार्केटिङ विभागका प्रमुख डा विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समुह कार्य, र इन्टरसिशप लगायतका प्रयोगात्मक विधिबाट सो कोर्ष अध्यापन गराइने बताए । पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ ।

महासंघले यस अघि पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर कोर्ष डिजाइन गर्नेदेखि गरिबी निवारणमा सहकारीको योगदान सम्वन्धी अध्ययन अनुसन्धान कार्यसमेत सम्पन्न गरेको छ ।