जनमतको सम्मान गरेर काम गर्छौ : रवि लामिछाने

जनमतको सम्मान गरेर काम गर्छौ : रवि लामिछाने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनमतलाई कदर गरेर काम गर्ने बताउनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार भरतपुरमा गरेको निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले भेदभाव नगरी सबैलाई समान दृष्टिले व्यवहार गर्ने बताउनुभयो।

‘पार्टीको मुद्दा फरक हुनसक्छ। तर जनताको हितको लागि हुने सबै मुद्दामा म एक भएर हिँड्ने छु। मेरो साथ जनताको पक्षमा सधै हुनेछ’, उहाँले भन्नुभयो। निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको भन्दै उहाँले देश हितका लागि, नागरिकका लागि आवश्यक विषयमा गठबन्धन गर्न परे आफू तयार रहेको बताउनुभयो।

कार्यक्रममा चितवन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल र २ (ख) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरु निरन्तर लाग्ने बताउनुभयो। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।