उदयपुर १ को (ख) मा कांग्रेसका हिमाल कार्की विजयी

उदयपुर १ को (ख) मा कांग्रेसका हिमाल कार्की विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट । उदयपुरको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार ९७९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ईश्वरमणि राउतले १४ हजार ७६४ मत प्राप्त गर्नुभएको उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

उदयपुरको त्रियुगा नगरपालिका ७ भाण्टावारी निवासी ५४ वर्षीय कार्की कांग्रेस जिल्ला सभापति एवम् प्रदेश नम्बर १ सरकारका सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हुनुहुन्छ ।

२०४२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएपछि राजनीतिक यात्रा सुरु गर्नुभएका कार्की यसअघि २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभयो । उहाँ यस पटक लोकतान्त्रिक वाम गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएको हो । उहाँ २१५ मतले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राउतलाई पछि पार्दै विजयी हुनुभयो ।