नुवाकोट २ बाट काँग्रेस नेता केसी विजयी

नुवाकोट २ बाट काँग्रेस नेता केसी विजयी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधि सभा सदस्यमा नुवाकोट २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित हुनु भएको छ । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुनु भएको हो ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत ल्याउनु भएको थियो । यस्तै नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याएका छन्। विजयी हुनुभएका केसी काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री हुनुहुन्छ भने पार्टीको पूर्व सह महामन्त्री भई सक्नु भएको छ ।