नाट्यकला सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम : मन्त्री श्रेष्ठ

नाट्यकला सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम : मन्त्री श्रेष्ठ

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पनि नाटकको प्रभाव बढी रहेको बताउनुभयो ।

उहाँले कला र संस्कृतिको माध्यमबाट देश र मानिसलाई जोड्ने आवश्यक कुराहरुको लागि सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

काठमाडौंमा शुक्रबारबाट दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको हो ।