कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हरायो

कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हरायो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हराएको छ ।

अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो ।कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् ।

कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ ।पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित भएको थियो ।कोस्टारिका २ खेलमा ३ अंक जोडेर समूह ‘ई’ को तेस्रो स्थानमा रहेको छ ।

जापानको यो पहिलो हार हो । जापानले पहिलो खेलमा जर्मनीलाई हराएको थियो ।जापान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।