दोलखामा शान्तिपूर्ण पुनः मतदान, ५० प्रतिशत मत खस्यो

दोलखामा शान्तिपूर्ण पुनः मतदान, ५० प्रतिशत मत खस्यो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका चार वटा मतदान स्थलका १० वटा मतदान केन्द्रमा रहेका आठ हजार ५१६ मतदातामध्ये चार हजार ३०१ मत खसेको छ ।

तामाकोसी गाउँपालिका –३ हेल्थ पोस्ट केन्द्रमा एक हजार ४४३ मध्ये ८३०, वैतेश्वर गाउँपालिका –३ जनज्योति माध्यमिक विद्यालय केन्द्रमा दुई हजार ६६५ मध्ये एक हजार ३०२, वडा नम्बर २ कालिढुङगा मावि केन्द्रमा एक हजार ९३६ मध्ये ९३५ र वडा ६ को वैतेश्वर मावि केन्द्रमा दुई हजार ४७२ मध्ये एक हजार २३४ मत खसेको छ ।

मतपेटिका सङ्कलन भएलगत्तै सर्वदलीय बैठक बोलाई मत गणना थालिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।