सिके राउत प्रचण्ड भेट्न खुमलटारमा, सरकार गठनको गृहकार्य

सिके राउत प्रचण्ड भेट्न खुमलटारमा, सरकार गठनको गृहकार्य

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाल निवास खुमलटार पुगेर राउतले समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।

राउत र दाहाल दुवैले निर्वाचन जितेकोमा एक अर्कामा बधाई साटासाट गरेका थिए । सो क्रममा दाहालले सत्ता गठबन्धनसँग सहकार्य गर्न प्रस्ताव राखेका थिए । दाहालको प्रस्तावमा राउतले आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।

राउत नेतृत्वको दल मधेश प्रदेशमा सरकार निर्माणमा निर्णायक शक्तिको रुपमा रहेको छ । आज मात्रै उनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । सो भेटवार्तामा पनि उनले सरकारमा सहभागी हुनेबारे आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।