‘डेसान’ ट्रेलर सार्वजनिक

‘डेसान’ ट्रेलर सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनिक भएको छ । मङ्सिर २३ गते प्रदर्शन हुने चलचित्रको ट्रेलरमा नारी संवेदना, पारिवारिक प्रेम, धोका, विखण्डन र असमझदारीको कथा छ ।

कमल एक्चैमगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजङ्ग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतको अभिनय रहेको छ ।

चलचित्रको कथा हरेक परिवारसँग मिल्ने भए पनि प्रस्तुति फरक भएकाले दर्शकका लागि नौलो स्वाद हुने निर्देशक मगरले बताउनुभयो । अभिनेता भोला सापकोटाले ‘डेसान’ हरेक परिवार तथा समाजको कथा भएकाले सबैले हेर्नुपर्ने दाबी गर्नुभयो ।