पाँच सयले बढ्यो सुनको मूल्य

पाँच सयले बढ्यो सुनको मूल्य

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ४० ले बढेर रु एक हजार तीन सय ३० पुगेको महासङ्घले जनाएको छ ।