सुशासन र समृद्धिको नयाँ युग सूत्रपात गर्न सबै एकजुट हुन प्रधानमन्त्री प्रचण्डको अपील

सुशासन र समृद्धिको नयाँ युग सूत्रपात गर्न सबै एकजुट हुन प्रधानमन्त्री प्रचण्डको अपील

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिको नयाँ युग सूत्रपात गर्न सबैलाई एकजुट हुन अपील गरेका छन् ।प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला चितवन पुगेका प्रचण्डले आफू हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा काम गर्दै जाने बताए ।

साथै, यो कार्यकालमा भाषण कम, काम धेरै गरेर जनताको सेवा गर्ने पनि उनले बताए । नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘यस पटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई पुरा गर्दै जाने प्रतिबद्धता लिएको छु । मैले बाँकी जीवन विकास र सुशासनका लागि समर्पित गर्ने भनेर भनेको छु ।’

त्यसैगरी, कुनै पनि राष्ट्रको सभ्यता, संस्कृति र विकासको आधारशीला शिक्षा भएकाले शिक्षाको गुणस्तरबाट नै सभ्य र अनुशासित समाजको निर्माण हुने उनले बताए ।