फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानद्वारा फुरुबोलाई सम्मान

फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानद्वारा फुरुबोलाई सम्मान

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङस्थित फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानले गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को अन्तिम चारमा पुग्न सफल सहिला फूरुम्बो लिम्बूलाई सम्मान गरेको छ । द भ्वाइस अफ नेपालमार्फत नवोदित कलाकारका रूपमा आफूलाई स्थापित गर्न सफल भएकोभन्दै प्रतिष्ठानले उहाँलाई सम्मानित गरेको हो ।

सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमको आयोजना गरी फूरुम्बो पालुङ्गा बंस प्रतिष्ठानका साधारण सदस्यसमेत रहनुभएका फुरुम्बो लिम्बूलाई सम्मान गरिएको छ । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका लिम्बूले भर्खरै सम्पन्न सिजन–४ मा अन्तिम चारमा पुग्दै चौथो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।

आगामी दिनका लागि थप सफलताको शुभकामना दिँदै कदरपत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सदस्य हर्कराज पालुङवाले जानकारी दिनुभयो । नवोदित कलाकार फुरुम्बो पछिल्लो समय सङ्गीत क्षेत्रमा समय दिँदै आउनुभएको छ ।