राष्ट्रिय एकताको मुद्दामा राप्रपा दृढतापूर्वक उभिनेछ : राजेन्द्र लिङ्देन

राष्ट्रिय एकताको मुद्दामा राप्रपा दृढतापूर्वक उभिनेछ : राजेन्द्र लिङ्देन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, पुस २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रियता, राष्ट्रिय एकता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढतापूर्वक उभिने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले विचारभन्दामाथि देश रहने उल्लेख गर्दै सो कुरा बताउनुभएको हो ।

प्रतिनिधिसभा सांसद लिङ्देनले भन्नुभयो, “हामी सबैका लागि विचारभन्दा माथि मैले अघिल्लो दिनहरूमा पनि भन्ने गरेको छु– देश छ, त्योभन्दा माथि केही पनि छैन । मुलुकका यावत समस्याहरू सामूहिक रूपमा समाधान गर्ने दिशामा हामी अग्रसर हुनुपर्छ । राप्रपा यो संसदमा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एक्ता, विकास र सुशासनको मुद्दामा विगतमा झैँ दृढता साथ उभिनेछ ।”