प्रधानमन्त्रीबाट ग्लोबल आईएमई बैङ्कको कारोबार शुभारम्भ

प्रधानमन्त्रीबाट ग्लोबल आईएमई बैङ्कको कारोबार शुभारम्भ

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालबाट सोमबार बिहान एक कार्यक्रमबीच कारोबारको शुभारम्भ गर्नुभएको हो ।

दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपछि बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट सुरु भएको हो ।

ग्लोबल आईएमई बैङ्कले बैङ्क अफ काठमान्डुलाई मर्ज गरेपछि मुलुककै ठूलो बैङ्क बनेको बैङ्कले जनाएको छ । मर्जरपश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपियाँ चुक्ता पुँजी ३५.७७ अर्ब रुपियाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी भएको बैङ्कले जनाएको छ ।

ग्लोबल आईएमई बैङ्कमा योसहित पाँचवटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा छ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।