एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको कठिन जित

एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको कठिन जित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई उसैको मैदानमा १-० गोलले हरायो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अङ्कले पछि पारेको छ ।

बार्सिलोनाको जितमा औसमाने डेम्बेलेले निर्णायक गोल गर्नुभयो । डेम्बेलेले २२औं मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बनेको थियो ।

प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोले गोलका लागि राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेन । खेलको अन्तिममा दुवै टोलीले १०/१० खेलाडीमा खेल सकेका थिए । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले १६ खेलबाट ४१ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको रियलको ३८ अङ्क छ ।

पराजित एट्लेटिको २७ अङ्कसहित पाँचौँ स्थानमा छ । अन्य खेलमा सेभियाले गेटाफेलाई २-१, रियल बेटिसले रायो भालेकानोलाई २-१ र रियल सोसियाडले अल्मेरियालाई २-० गोलले हराएको छ । एजेन्सी