काठमाडौं उपत्यकामा लुमिनसको नयाँ शोरुमको उद्घाटन

काठमाडौं उपत्यकामा लुमिनसको नयाँ शोरुमको उद्घाटन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमट्रेड प्रालीका आधिकारिक डिलर जल विनायक इनर्जी ट्रेडर्सको एक समारोहका बिच नयाँ आउटलेट उद्घाटन गरिएको छ । सो कार्यक्रममा अमट्रेड प्रालीका सञ्चालन प्रमुख योगराज ढुंगाना र जल विनायक इनर्जी ट्रेडर्सका सञ्चालक बिकाश महर्जनका घनिष्ट मित्र राजेश धौभडेलले ललितपुरको पुल्चोकमा लुमिनस पावर ब्याकअप सोलुसनको बित्री बितरणका लागि रिबन काटेर संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् ।

लुमिनसको गुणस्तरीय सेवा र उच्च प्रविधिका इन्भर्टर र ब्याट्रीहरू सबै ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको र नेपाली बजारमा गुणस्तरीय पावर ब्याकअप सोलुसनको बढ्दो माग र आवश्यक्तालाई मध्यनजर गर्दै लुमिनसको शोरुम स्थापना गरिएको संचालक बिकाश महर्जनले बताए । साथै घर, कार्यालय, व्यावसायहरुमा आवश्यक पर्ने पावर ब्याकअप सोलुसन र विद्युतीय सामानहरु एकै ठाउँबाट सुपथ मुल्यमा दिने उद्धेश्यका साथ शोरुम सञ्चालनमा ल्याइएको पनि संचालक महर्जनले जानकारी दिए।

उक्त कार्यक्रममा लुमिनस पावर टेक्नोलोजी प्रालीका नेपालका लागि प्रतिनिधि धिरज कुमार, अमट्रेड प्रालीका प्रतिनिधिहरु, लुमिनसका काठमाडौं उपत्यकाका डिलर र सब(डिलर, खुद्रा विक्रेता र ग्राहकहरूको पनि उपस्थिति थियो ।