फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक

फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा हरि पात्रबाट ‘ह्यारी’ बनेका व्यक्तिको सङ्घर्षलाई देखाइएको हो ।

फिल्ममा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार विजय बराललाई मुख्य भूमिकामा देख्न सकिनेछ । बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक कपिल रिजाल हुनुहुन्छ ।

यस्तै, फिल्ममा सुदीप बरालको छायाङ्कन र अर्जुन जिसीको सम्पादन छ ।

फिल्म नेपालीसहित हिन्दी, बङ्गाली, पन्जाबी र मराठी भाषामासमेत प्रदर्शन हुने बताइएको छ । फिल्म माघ २० गतेबाट प्रदर्शन हुने तयारीमा छ ।