टीकापुर घटनाका निर्दोषहरूलाई रिहाइ गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

टीकापुर घटनाका निर्दोषहरूलाई रिहाइ गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा सरकारले थारुमाथि अन्याय गरेकाले न्याय गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै उहाँले सो माग गर्नुभएको हो ।

पहिचानका लागि आन्दोलन गर्दा थारुहरूमाथि राज्यले अन्याय गरेको बताउँदै अध्यक्ष चौधरीले त्यसअघि अरू राजनीतिक घटना भए पनि त्यसलाई राजनीतिक घटना बनाएर न्याय गरेको उदाहरण भएको चर्चा गर्नुभयो । टीकापुर घटनाको आरोपमा जेल जीवन बिताइरहेकाहरूलाई तत्काल रिहाइ गर्न र झुठामुद्दा खारेज गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

टीकापुर घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपानेसहितको दुखद निधनप्रति आफूहरू दुःखी भएको र निर्दोष कोहीलाई अन्याय हुन नहुने उहाँले माग गर्नुभयो । लाल आयोगको प्रतिवेदन अझै सरकारले सार्वजनिक नगरेको भन्दै उहाँले त्यसको चाँडै सार्वजनिक गर्नुपर्ने उहाँले माग गर्नुभयो ।

न्याय निरूपण नहुँदासम्म संसदमा आफूहरूले सङ्घर्ष जारी राख्ने उहाँले बताउनुभयो । निर्दोष नागरिकलाई जेलमा राख्न अनुचित रहेको भन्दै अध्यक्ष श्रेष्ठले विना सर्त रिहाइ गर्न सरकारसँग माग गर्नुभयो । अध्यक्ष श्रेष्ठले अन्यायमा परेकाहरूको न्यायका लागि आफ्नो दल निर्माण भएकाले निरन्तर न्यायको अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । नवनिर्वाचित सबै सांसदलाई उहाँले बधाई ज्ञापन गर्नुभयो ।