विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्छ : सांसद सुवाल

विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्छ : सांसद सुवाल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा सांसद प्रेम सुवालले विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने भन्नुहुँदै सो कुरा बताउनुभएको हो ।

नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रस्तावकै बेला नेमकिपाले प्रश्न उठाएको थियो । राजनीतिक सिद्वान्तवहीन पद र प्रतिष्ठामा होइन” किसानले समयमा सुपथ मूल्यमा रासायनिक मल नपाएको समस्या उहाँले सुनाउनुभयो ।

अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिायेजना खारेज हुनुपर्नेमा अहिले स्थानीय जनताको विरोध भइरहेको उहाँले बताउनुभयो ।

पञ्चायतदेखि बहुदलसम्म भ्रष्टाचारको कमी नभएको भन्नुहुदै उहाँले कारबाहीका लागि संसदीय समिती बनाउनुपर्ने भनाइ उहाँको छ । उहाँले नागरिकता विधेयक खारेज गर्न आवश्यक रहेको समेत बताउनुभयो ।