१६ जीबी र्‍याम भएको ‘वनप्लस टेन टी’ नेपाली बजारमा आउँदै, १९ मिनेटमै फुल चार्ज हुने

१६ जीबी र्‍याम भएको ‘वनप्लस टेन टी’ नेपाली बजारमा आउँदै, १९ मिनेटमै फुल चार्ज हुने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा वनप्लसको १६ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक हुने भएको छ । वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले आउँदो जनवरी १३ अर्थात् पुस २९ गते ‘वनप्लस टेन टी’ (Oneplus 10T) भित्र्याउन लागेको हो ।

यो फोनको समग्र डिजाइन वनप्लस टेन प्रो जस्तै रहेको छ । जसको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । तर आन्तरिक रूपमा भने यो नयाँ फोनमा अनेकौँ अपग्रेडहरू पाउन सकिन्छ । जसमा सबैभन्दा रोचक विषय यसको चार्जिङ प्रविधि हो ।

वनप्लस १० प्रो अधिकतम ८० वाट फास्ट चार्जिङमा सीमित रहेकोमा वनप्लस टेनटीमा भने १५० वाटको फास्ट चार्जिङ पाउन सकिन्छ । जुन यसअघि वनप्लस टेन आर र बीबीके इलेक्ट्रोनिक्सको रियलमी ब्रान्डको फोन जीटी नियो थ्रीमा देखिएको थियो ।

यो फोनमा ४८०० एमएएच क्षमताकाे ब्याट्री दिइएकाे छ, जसअन्तर्गत १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी छ । वनप्लस टेन टीमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट राखिएको छ । जुन ब्याकग्राउन्डमा ३५ ओटा एप्लिकेसन सञ्चालनका लागि पर्याप्त हुने कम्पनीले जनाएको छ ।

वनप्लसका अनुसार यसमा स्मार्टफोन बजारमै सबैभन्दा ठूलो र आधुनिक कुलिङ प्रविधि राखिएको छ, जसले गर्दा फोनमा हरेक चिज सहज तरिकाले चलाउन सकिनेछ । फोनको अगाडि भागमा ६.७ इञ्चको ओलेड डिस्प्ले राखिएको छ । जसले ९० हर्ज देखि १२० हर्जसम्मको रिफ्रेश रेटमा डाइनामिक किसिमले व्यवस्थापन गर्दछ ।

फोनको पछाडि भागमा ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ । त्यसैगरी फोनको अगाडितर्फ डिस्प्लेको माथि बीचतिर १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

फोन अक्सिजन ओएस १२.१ सहित बजारमा आउनेछ । जुन गत वर्ष आएको एन्ड्रोइड १२ मा आधारित रहेको छ । जसले तीन ओटा मुख्य एन्ड्रोइड अपडेट र चार वर्षको सेक्युरिटी अपडेट प्राप्त गर्नेछ ।

एन्ड्रोइड १३ मा आधारित अक्सिजन ओएस १३ यो वर्षको अन्त्यतिर आउने अपेक्षा गरिएको छ । जुन वनप्लसका फ्ल्यागशिप मोडेल वनप्लस एट र नोर्ड तर्फ नोर्ड सीई पछिका डिभाइसले पाउनेछन् । फोनसँगै वनप्लसले ८० वाटको कार चार्जर समेत सार्वजनिक गरेको छ, जसबाट वन प्लस टेन टी २९ मिनेटमै फुल चार्ज हुने बताइएको छ ।

नेपाली बजारमा १६ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने यो स्मार्टफोनको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।