६० हजारभन्दा बढीले ईसेवाबाट लिए अन्तर्राष्ट्रिय हवाइ टिकट


काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवामार्फत आजसम्म ६० हजार भन्दा बढीले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गरेका छन् । ईसेवाले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यको टिकट खरिद गर्न सक्ने सुविधा थप गरेयताको विवरण सार्वजनिक गरेको हो ।

छिटो र सहज रुपमा टिकट खरिद गर्न सकिने सुविधाले धेरै प्रयोगकर्तालाई आकर्षित गरेको कम्पनीको भनाइ छ । नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएको ईसेवाले पछिल्लो समय अन्तर्राष्ट्रिय उडानहरूको समेत टिकट बिक्री गर्न थालेको हो ।

देशभर एक लाख ६५ हजार भन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेको ईसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसङ्ख्याले सेवा लिइरहेको कम्पनीको दाबी छ । आफ्नो सेवालाई थप सहज र सुलभ बनाउन नयाँ फिचरहरू थप गर्दै जाने कुरा पनि कम्पनीले उल्लेख गरेको छ ।

ईसेवाबाट बीमाको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज तथा बसको टिकट, स्कुल/कलेजको शुल्क लगायतको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस