सोनी राजभण्डारीको “ तिमी टाढा भए पनि ” म्युजिक भिडियाे सार्वजनिक

सोनी राजभण्डारीको “ तिमी टाढा भए पनि ” म्युजिक भिडियाे सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायिका सोनी राजभण्डारीको नयाँ म्युजिक भिडियो “ तिमी टाढा भए पनि ” सार्वजनिक भएको छ। सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा शब्द रचना समीर राईकाे र विक्रम थापाको सङ्गीत छ। म्युजिक एरेन्जर विसन मानन्धरले गर्नुभएकाे छ ।

हार्मोनिक डिजिटल पोस्ट प्रोडक्सन् विजय राज फिल्म्सको ब्यानरमा म्युजिक भिडियो निर्माण भएको छ । म्युजिक भिडियोलाई विजय भुर्तेलले निर्देशन र सन्तोष पराजुलीले छायाङ्कन गर्नुभएकाे छ । प्रेमसँग सम्बन्धित यस कर्णप्रिय गीतमा जयनन्द कुँवर र तारा लामाले जीवन्त अभिनय गर्नुभएकाे छ।