युवा गायक रोनित खालिङ राईको ‘दृष्टि’

युवा गायक रोनित खालिङ राईको ‘दृष्टि’

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश ‘दृष्टि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पप शैलीको गीत गायक राई, पेम्बा र आकाशले मिलेर लेख्नुभएको हो । गीतमा पेम्बा र आकाशले सङ्गीत संयोजन गर्नुभएको छ । ग्रे म्याटर फिल्म्स्को प्रस्तुति रहेको गीतमा स्वयं गायक रोनित र तेन्जिन डोल्मा वज्राचार्य फिचर्ड हुनुहुन्छ ।

विकास रञ्जितकारको छायाङ्कन र सम्पादन रहेको गीतको भिडियो दिवेज शाहले निर्देशन गर्नुभएको हो । गायक राईको युट्युब च्यानल ‘रोनित खालिङ राई अफिसियल’मार्फत भिडियो सार्वजनिक गरिएको हो ।