एमाले सांसद महतोलाई पक्राउ गर्न आईजिपीलाई गृहमन्त्री रवि लामिछानेको निर्देशन


काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) बाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताएका छन् । प्रहरीको फरार सूचिमा रहेका महतो हिजो संसद् बैठकमा उपस्थित् भएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए । महतो संसद् भवनमा उपस्थित भएको र त्यहाँ गृहमन्त्री लामिछाने पनि रहेकोले मिडियामा उनको आलोचना भैरहेको थियो ।

आज (बुधबार) राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेले महतोलाई पक्राउ गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताए । गृहमन्त्री लामिछानेले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस