सुनको भाउ ३०० रूपैयाँले घट्यो, तोलाको कति ?


काठमाडौं । नेपाली बजारमा आज बुधबार  सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको भाउ अघिल्लो कारोबारको तुलनामा प्रतितोला तीन सयले घटेर एक लाख तीन हजार दुई सयमा काराेबार भइरहेकाे छ ।

छापावाल सुन मंगलबार प्रतितोला एक लाख ३ हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार सात सय कायम भएको छ । तेजावी सुन मंगलबार एक लाख तीन हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस