‘फोन पे’को नेटवर्कमा जोडियो ‘माई पे’

‘फोन पे’को नेटवर्कमा जोडियो ‘माई पे’

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था ‘माई पे’ मंगलबारदेखि विधिवत् रुपमा ‘फोन पे’को नेटवर्कमा जोडिएको छ । यससँगै अब ‘फोन पे’का ११ लाखभन्दा बढी मर्चेन्ट आउटलेटमा ‘माई पे’का सेवाग्राहीले क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन् ।

‘फोन पे’का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले ‘माई पे’लाई ‘फोन पे’को नेटवर्कमा जोड्न पाउँदा खुशी लागेको बताए । ‘माई पे’का प्रमुख कार्यकारी अधिकृत मनोज महेताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन ‘फोन पे’को नेटवर्कमा जोडिएको र यसले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे ।