नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ ।

सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा शुक्रबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा नेपाली सेनाको ऐतिहासिक विकासक्रम एवम् वर्तमानका गतिविधिको झलक प्रस्तुत गरिने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

उक्त प्रदर्शनीमा फोटोसहित, हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अङ्ग, शान्ति मिसनमा नेपाली सेनाको सहभागितासम्बन्धीका गतिविधि समावेश हुने जनाइएको छ ।

यस्तै, सैनिक ब्याण्ड, विशेष फौज, एकीकरण पदमार्ग, घोडचढी, सैनिक पोसाक र उपकरण, तथा निकुञ्ज सुरक्षासम्बन्धी पनि प्रदर्शनी गरिने जनाइएको छ । नेपाली सेनाले उक्त निःशुल्क प्रदर्शनीमा इच्छुक व्यक्तिलाई सहभागिताका लागि आग्रह गरेको छ । प्रदर्शनी माघ ६ गतेबाट ९ गते बिहान १० देखि साँझ ५ बजेसम्म हुने निर्देशनालयले जानकारी दिएको छ ।