अष्ट्रेलियन ओपन टेनिस : साविक विजेता नाडाल बाहिरिए

अष्ट्रेलियन ओपन टेनिस : साविक विजेता नाडाल बाहिरिए

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साविक विजेता तथा स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका छन् ।

मेलबर्नमा बुधबार भएको दोस्रो चरणको खेलमा अमेरिकी म्याकेन्जी म्याकडोनाल्डसँग पराजित हुँदै नाडाल बाहिरिएका हुन् ।चोटका बाबजुत खेलेका नाडाललाई म्याकडोनाल्डले ६-४,६-४ र ७-५ ले पराजित गरे ।

खेलको दौरान उनलाई हिपको समस्या देखिएको थियो ।३६ वर्षीय नाडाल अष्ट्रेलियन ओपनमा दुई पटकको च्याम्पियन हुन् ।म्याकडोनाल्ड भने तेस्रो चरणमा प्रवेश गरेका छन् ।