प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिद्वारा अङ्गदान गर्ने घोषणा

प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिद्वारा अङ्गदान गर्ने घोषणा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अङ्गदान गर्ने घोषणा गर्नुभएको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिले मृत्युपश्चात् आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले डोनर कार्ड हस्तान्तरण गर्नुभएको थियाे। यस्तै स्वास्थ्यमन्त्री गिरिलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गर्नुभएको हाे ।