नगद मार्जिनको व्यवस्था खारेज

नगद मार्जिनको व्यवस्था खारेज

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । विदेशी मुद्राको सञ्चितिमा दबाब पर्न थालेपछि विदेशी मुद्रा धेरै खर्च हुने आयात निरुत्साहित गर्न राष्ट्र बैङ्कले नगद मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र बैङ्कले २०७८ पुस र माघमा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तु आयातका लागि प्रतीतपत्र खोल्दा ५० देखि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

बाह्य क्षेत्रमा सुधार आएपछि नेपाल राष्ट्र बैङ्कले सबै वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नै नगद मार्जिन बैङ्कमा जम्मा गर्नुपर्ने व्यवस्था हटाएको हो ।

नयाँ व्यवस्थासँगै वस्तु आयात गर्नका लागि नगद मार्जिन राख्न नपर्ने भएको छ । यसअघि राष्ट्र बैङ्कले एक हजार चार सय वस्तु आयातका लागि शतप्रतिशत र ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैङ्कले निर्माणसम्बन्धी हार्मोनी कोडका ६८ वटा वस्तु आयातमा भने गत मङ्सिर १७ गते नै नगद मार्जिन हटाइसकेको थियो । बाँकी वस्तु आयातमा भने बिहीबार परिपत्र जारी गर्दै नगद मार्जिनको व्यवस्था हटाएको हो ।