‘जेरी-२’मा आना र अनमोल

‘जेरी-२’मा आना र अनमोल

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी-२’ मा अभिनेत्रीको रुपमा आना शर्मा अनुबन्धित हुनुभएको छ । करिब ८ वर्ष अगाडि अभिनेता केसीकै जोडीको रुपमा ‘जेरी’बाट अभिनयमा भित्रिनुभएकी आना फेरि सँगै पर्दामा देखिने भएका छन् ।

अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्ने बताइएको छ । अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसनसमेत आह्वान गरेको छ ।

एक महिनापछि छायाङ्कन सुरु हुने फिल्मका लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेशनका लागि तय गरिएको छ ।